प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १३ लाख ५६ हजार ६ सय कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
यसअघि कम्पनीले वैशाख १५ गते ३५ दिने सूचना जारी गर्दै उक्त सेयर विद्यमान संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको थियो। तर, तोकिएको अवधिमा संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन नपरेपछि कम्पनीले बाँकी सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।
आवेदन काठमाडौंको कमलादीस्थित प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ।

प्रतिकृया