मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले विद्यमान संस्थापक सेयरधनीबाट बिक्री नभएको १ लाख ६२ हजार ५२४ कित्ता संस्थापक सेयर अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी बिक्री खुला गरेको छ। बैंकले भदौ ६ गते सूचना जारी गर्दै उक्त सेयर सर्वसाधारणका लागि खुला गरेको हो।
यसअघि बैंकले विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै असार ३१ गते ३५ दिने सूचना प्रकाशित गरेको थियो। उक्त अवधिमा बिक्री नभएको सेयर अहिले अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न सक्ने व्यवस्था गरिएको हो।
इच्छुक लगानीकर्ताले भदौ ६ गतेदेखि लागू हुने गरी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदन बैंकको केन्द्रीय कार्यालय धरान, सुनसरीमा दिन सकिनेछ। साथै, सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कमलादी, काठमाडौंस्थित कार्यालयमा समेत आवेदन बुझाउन सकिनेछ।
बैंकले बिक्रीमा ल्याएको संस्थापक सेयरमध्ये ललिता थापाको नाममा रहेको १ लाख १ हजार ४०० कित्ता र सविना श्रेष्ठको नाममा रहेको ६१ हजार १२४ कित्ता सेयर रहेका छन्।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया