राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गर्दै आएको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत गृहमन्त्री सुदन गुरुङले भोलि भदौ ८ गते नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्। उनी पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिकका गुनासा, समस्या, सुझाव तथा अपेक्षा सुन्नेछन्।
भदौ महिनादेखि सञ्चालन हुँदै आएको उक्त कार्यक्रम दुई चरणमा अघि बढ्नेछ। पहिलो चरणमा आम नागरिकले आफ्ना गुनासा, समस्या, सुझाव तथा अपेक्षा गृहमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।
दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावका साथै समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ।
कार्यक्रम साँझ ५:०० बजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ।
नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा सम्बन्धित सबैको सक्रिय सहभागिता र सहजीकरणका लागि पार्टीले अनुरोध गरेको छ।

प्रतिकृया