आईएमई–खल्ती मर्जरमा कति थियो स्वाप रेसियो ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ भाद्र ७ गते
आईएमई–खल्ती मर्जरमा कति थियो स्वाप रेसियो ?
AdvertisementAds

गत वर्ष आईएमई पे र खल्तीबीच भएको मर्जरको अन्तिम सेयर स्वाप रेसियो १:४.६०२२७५ कायम भएको खुलेको छ। बजारको चिरफारले प्राप्त गरेको मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्रअनुसार, खल्तीको १ कित्ता सेयरलाई आईएमई पेको ४.६०२२७५ कित्ता सेयर बराबर मूल्यांकन गरिएको हो।

तर, यो रेसियो सुरुदेखि नै यति थिएन।

मर्जरका लागि गरिएको प्रारम्भिक सम्पत्ति तथा दायित्व मूल्यांकनमा १०० कित्ता खल्ती सेयर बराबर ४३३.५ कित्ता आईएमई पे सेयरदिने प्रस्ताव गरिएको थियो। यसको अर्थ प्रारम्भिक स्वाप रेसियो १:४.३३५ थियो।

तर, मर्जर प्रक्रिया अघि बढ्दै गर्दा खल्तीको मूल्यांकन पुनरावलोकन गरियो। संयुक्त मर्जर समितिले खल्तीको व्यावसायिक प्रतिष्ठा, बजार उपस्थिति, कर्मचारीको क्षमता र तत्कालीन बजार मूल्य लगायतका पक्षलाई समेत आधार बनाएर स्वाप रेसियो पुनः गणना गरेको थियो।

त्यसपछि अन्तिम सम्झौतामा स्वाप रेसियो १:४.६०२२७५ कायम भयो।

AdvertisementAds

यसको अर्थ प्रारम्भिक प्रस्तावको तुलनामा खल्तीको प्रत्येक १०० कित्ता शेयरका लागि थप २६.७२७५ कित्ता आईएमई पे सेयर प्राप्त हुने व्यवस्था गरिएको हो।

खल्तीका सेयरधनीको हिस्सा ४५ प्रतिशत

संशोधित स्वाप रेसियोअनुसार मर्जरपछि बनेको आइएमई खल्ती लिमिटेडमा खल्तीका सेयरधनीको ४५ प्रतिशत स्वामित्व कायम भएको छ। आईएमई पेका सेयरधनीको हिस्सा भने ५५ प्रतिशत रहेको छ।

मर्जरअघि खल्तीको चुक्ता पूँजी ५ करोड ३३ लाख ३३ हजार थियो। यस्तै आईएमई पेको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको थियो।

योसँगै मर्जरपछि बनेको नयाँ कम्पनी (आईएमई खल्ती लिमिटेड) को कुल चुक्ता पूँजी ५४ करोड ५४ लाख ५४ हजार रुपैयाँ छ।

आईएमई पे र खल्तीले मर्जरपछि आइएमई खल्ती लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन्।

81 m4gKqcN4 maxresdefault https://bajarkochirfar.com/what-was-the-swap-ratio-in-the-ime-khalti-merger | %tags
यो पनि पढ्नुहोस

Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स