रु. ३५० को सामान किनेका उपभोक्ताले जिते १० लाख रुपैयाँको बम्पर पुरस्कार

रु. ३५० को सामान किनेका उपभोक्ताले जिते १० लाख रुपैयाँको बम्पर पुरस्कार
Advertisement Ads

आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक नतिजा सार्वजनिक गरेको छ। यसपटक रु. ३५० को सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्।

अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा. घनश्याम उपाध्यायले ‘लक्की ड्र’मार्फत विजेताहरूको नाम घोषणा गरेका हुन्।

विभागका अनुसार गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट रु. ३५० को सामान खरिद गर्दा प्राप्त बिलको कुपन नम्बर ०२६८८८९७९०३९ मार्फत एक उपभोक्ता बम्पर पुरस्कारका लागि छनोट भएका हुन्।

यससँगै साउन १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि दैनिक एक/एक जना गरी १६ जना दैनिक विजेता पनि छनोट भएका छन्। प्रत्येक दैनिक विजेताले रु. १ लाख ३३ हजार ३३४ पाउनेछन्। २५ प्रतिशत कर कट्टीपछि उनीहरूले खुद रु. १ लाख प्राप्त गर्ने विभागले जनाएको छ।

दोस्रो पाक्षिक अवधिमा योजनामा सहभागी हुने उपभोक्ताको संख्या उल्लेख्य रूपमा बढेको छ। साउन १६ देखि ३१ गतेसम्म ३ करोड २४ लाख ४३ हजार २२९ कारोबार योजनामा समावेश भएका छन्।

सो अवधिमा मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि पोर्टलमा अपलोड भएका छन्। साउनको पहिलो १५ दिनमा यस्तो बिल अपलोड गर्ने कारोबार संख्या भने ७ हजार ७७ मात्रै थियो।

क्यूआर कारोबारमार्फत योजनामा स्वतः सहभागी भएका कारोबारसमेत बढेका छन्। पहिलो १५ दिनमा २ करोड ५६ लाख ८ हजार ९४ रहेको यस्तो कारोबार संख्या बढेर दोस्रो पाक्षिकसम्म ३ करोड २० लाख ८६ हजार ३८० पुगेको छ।

१६ दैनिक विजेताका कुपन नम्बर

०३०३४२२७९९५६

०१९२५६५१०९२५

०२६१४४५१५००५

०३१७९९९३५०८२

०१७७६६१०७००५

०१८१२८७५९४०९

०२११८४०००६५३

०२४६७३१७१९०४

०२५३५७३३१९४१

०२३८५६८८५३७०

०२२४५८०९६६६८

०१६६६७२९०१४६

०२००३७२८३७४७

०२९१८४६२२६६५

०२८६५७७७५४५९

०२७७११४८७१४५

सार्वजनिक भएका सबै विजेताले भदौ १६ गतेभित्र आफ्नो पुरस्कार दाबी गरिसक्नुपर्नेछ। तोकिएको समयसीमाभित्र पुरस्कार दाबी नगरेमा पुरस्कार स्वतः रद्द हुने विभागले जनाएको छ।

उपभोक्तालाई सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्नुका साथै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले करदाता प्रोत्साहन पुरस्कार योजना सञ्चालनमा ल्याएको हो।

WhatsApp Image 2026 08 17 at 15.34.01 scaled https://bajarkochirfar.com/consumers-who-purchased-goods-worth-rs-350-won-a-bumper-prize-of-rs-1-million | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स