insta insta

भदौ ९ गते देखि भृकुटीमण्डपमा हुँदैछ नाडा अटो शो, ५३ ब्रान्डका सवारीसाधन प्रदर्शन गरिने

भदौ ९ गते देखि भृकुटीमण्डपमा हुँदैछ नाडा अटो शो, ५३ ब्रान्डका सवारीसाधन प्रदर्शन गरिने
Advertisement Ads

काठमाडौँको भृकुटीमण्डपमा आउँदो भदौ ९ गतेदेखि ‘१८औं नाडा अटो शो २०२६’ सुरु हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्न लागेको यो प्रदर्शनी करिब तीन लाख वर्गफिट क्षेत्रफलमा दुई सयभन्दा बढी स्टलसहित सञ्चालन हुन लागेको हो।

यस पटकको प्रदर्शनीमा २३ वटा यात्रुवाहक, १७ वटा हल्का व्यावसायिक र १३ वटा दुईपाङ्ग्रे गरी कुल ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदै छन्। ‘एचपी ल्युब्रिकेन्ट्स’ मुख्य प्रायोजक रहेको यस अटो शोमा जापानी, भारतीय, कोरियाली, चेक, मलेसियाली र चिनियाँ मूलका सवारीसाधन एकै ठाउँमा अवलोकन गर्न पाइनेछ। जसमा युरोपेली इन्जिनियरिङसहितको स्कोडा, मलेसियाको प्रोटोनका साथै चेरी (ओमोडा र जेकु) र जीडब्ल्यूएम लगायत चिनियाँ ब्रान्डहरू समावेश छन्।

प्रदर्शनीमा सवारीसाधनका साथै टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस प्रणाली, अटो एसेसरिज र विद्युतीय सवारी (इभी) चार्जिङ उपकरण प्रदर्शन तथा बिक्रीका लागि राखिनेछ। यसका लागि करिब ७० वटा अटो कम्पोनेन्ट तथा उपकरण कम्पनीहरू सहभागी हुनेछन्।

त्यस्तै, अटो लोन र सवारी बीमा सेवा सहज बनाउन १० वटा बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू पनि अटो शोमा सहभागी हुँदै छन्। उनीहरूले विशेष गरी विद्युतीय सवारीसाधनका लागि लक्षित गरी छुट्टै वित्तीय योजनाहरू ल्याउने जनाइएको छ।

भृकुटीमण्डपमा सञ्चालन हुने यस प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स र ग्यारेज उपकरण गरी छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएको छ। स्वदेशी उत्पादन तथा एसेम्बली प्रवर्द्धनका लागि ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन र विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’को व्यवस्था गरिएको नाडाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स