काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]

काठमाडौंका ९२ वटा निजी विद्यालयको अनुमति रद्द हुँदै, कुन कुन परे ? [नामसहित]
Advertisement Ads

काठमाडौं महानगरपालिकाले सञ्चालनमा नरहेका ९२ वटा संस्थागत विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। महानगरपालिकाको शिक्षा विभागले यसअघि अनुमति वा स्वीकृति लिएर सञ्चालनमा रहेका तर हाल स्थलगत अनुगमनका क्रममा सञ्चालनमा नरहेको भेटिएका विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्न सूचना जारी गरेको हो।

शिक्षा विभागले २०८२/०९/०७ गते प्रकाशित सूचनामा उल्लेखित संस्थागत विद्यालयमध्ये स्थलगत अनुगमनका क्रममा सञ्चालनमा नरहेका विद्यालयलाई कारबाहीको प्रक्रियामा ल्याइएको जनाएको छ।

शिक्षा ऐन, २०२८ को दफा १६ (ख) तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ३६ बमोजिम ती विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने भएकाले सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ।

यद्यपि कुनै विद्यालयको अनुमति वा स्वीकृति रद्द गर्नुनपर्ने कारण भए सम्बन्धित विद्यालयले ३५ दिनभित्र आधार, कारण र प्रमाणसहित आवश्यक कागजात शिक्षा विभागमा पेश गर्न सक्नेछन्।

शिक्षा समितिको २०८३/०४/२८ गते बसेको बैठकको निर्णयअनुसार सूचना प्रकाशित गरिएको हो।

Advertisement Ads

अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने संस्थागत विद्यालयहरूको विस्तृत विवरण काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइटमा राखिएको महानगरले जनाएको छ। विद्यालयहरूको पूर्ण सूची हेर्न सूचनामा दिइएको QR Code स्क्यान गर्न सकिनेछ।

f4581a3b1fcb462ea89587bedbaddb72 https://bajarkochirfar.com/permissions-of-92-private-schools-in-kathmandu-are-being-revoked-which-ones-are-affected | %tags

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स