गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा ७ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालू आवमा उल्लेख्य सुधार गरेको हो। गत वर्ष कम्पनीले भर्खरै व्यवसाय शुरू गरेको कारण नाफा न्यून देखिएको थियो।
आर्थिक प्रगति विभिन्न सूचकमा देखिएको छ। कम्पनीले चालू आवमा साढे १९ करोड रुपैयाँ बराबरको खुद बीमाशुल्क आर्जन गरेको छ, जुन गत वर्षको १ करोड ७८ लाख रुपैयाँ थियो।
यो पनि पढ्नुहोस्: आत्मनिर्भर लघुवित्तको नाफा ६८.९३ प्रतिशतले बढ्यो, खराब कर्जा अनुपात १५ प्रतिशत | BAJARKO CHIRFAR
कुल आम्दानी पनि ५ करोड ४२ लाख रुपैयाँबाट बढेर २५ करोड ५१ लाख रुपैयाँ नाघेको छ।
यस अवधिमा कम्पनीको सञ्चालन खर्च ५ करोड ३५ लाख रुपैयाँबाट बढेर २२ करोड ७७ लाख रुपैयाँ पुगेको छ। जीवन बीमाकोष पनि १२ करोड ५९ लाख रुपैयाँ पुगेको छ।
७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २९ लाख रुपैयाँ र जगेडा कोषमा करिब २ करोड रुपैयाँ सञ्चित छ।
नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८ पैसाबाट ४ रुपैयाँ ७० पैसाले बढेर ४ रुपैयाँ ८८ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ भने १०२ रुपैयाँ ९३ पैसामा पुगेको छ।




















प्रतिकृया