instainsta

आत्मनिर्भर लघुवित्तको नाफा ६८.९३ प्रतिशतले बढ्यो, खराब कर्जा अनुपात १५ प्रतिशत

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १५ गते
आत्मनिर्भर लघुवित्तको नाफा ६८.९३ प्रतिशतले बढ्यो, खराब कर्जा अनुपात १५ प्रतिशत
AdvertisementAds

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ६८.९३ प्रतिशतले बढेर २ करोड १४ लाख ६२ हजार रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी १४.०४ प्रतिशतले बढेर ९ करोड ८६ लाख रुपैयाँमा आएको छ भने सञ्चालन आम्दानी ९.३० प्रतिशतले बढेर ११ करोड रुपैयाँमा पुगेको छ। प्रोभिजनको लागि छुट्याएको रकम१३ करोड २० लाख रुपैयाँबाट घटेर ४ करोड ६१ लाख रुपैयाँमा आएको छ।खराब कर्जा अनुपात ३.१४ प्रतिशतबिन्दुले बढेर १५.०८ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले ९४ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५१ करोड ६५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।संस्थाको चुक्ता पूँजी ७ करोड ८३ लाख रुपैयाँ रहेको भने जगेडा कोषमा २० करोड रुपैयाँ सञ्चित छ। संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २७.४० रुपैयाँमा आएको छ। यस्तै प्रतिसेयर नेटवर्थ ३५५.३० रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स