नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज बुधबार २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ५५७१.४७ रुपैयाँ कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ६३६५.४० रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।
प्रभु इन्स्योरेन्सको ८.७ प्रतिशत बोनस सेयर समायोजन पश्चात सेयर मूल्य ६८८.१३ रुपैयाँ कायम भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ७४८ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।



प्रतिकृया