दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ बोनस र नगद ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र २५ गते
दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिँदैछ बोनस र नगद ?

आज चैत्र २५ गते दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा प्रयोजनका लागि चैत्र २६ गते बुक क्लोज गर्ने निर्णय गरेका आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडका सेयरधनीहरूले आजसम्म सेयर कायम राखेमा प्रस्तावित लाभांश पाउनेछन्।

आत्मनिर्भर लघुवित्तले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा वैशाख ७ गते बस्नेछ।

यस्तै, प्रभु इन्स्योरेन्सले ८.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा वैशाख ९ गतेका लागि तय गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स