गत वर्ष घाटामा रहेको आत्मनिर्भर लघुवित्तको नाफा उल्लेख्य बढ्यो, कारण यस्तो

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १८ गते
गत वर्ष घाटामा रहेको आत्मनिर्भर लघुवित्तको नाफा उल्लेख्य बढ्यो, कारण यस्तो

आत्मनिर्भर लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा बढेर १ करोड १४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४३ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो।

ब्याज आम्दानी र सञ्चालन आम्दानी बढ्दा लघुवित्तको नाफामा सुधार देखिएको हो।

🔴 Quarterly Report LIVE Update [Q1]: नेप्सेमा सूचीकृत कम्पनीहरूको वित्तीय विवरणको LIVE अपडेट

पहिलो त्रैमासमा आत्मनिर्भर लघुवित्तको खुद ब्याज आम्दानी १३.९२ प्रतिशतले बढे ३ करोड ५७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी १४ प्रतिशतले बढेर ३ करोड ९५ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा समेत अघिल्लो वर्षको २ करोड ३० लाख रुपैयाँ घाटाबाट सुधार हुँदै १ करोड ११ लाख रुपैयाँमा पुगेको छ।

लघुवित्तको खराब कर्जा अनुपात १.६ प्रतिशत बिन्दुले घटेर १४.४३ प्रतिशतबाट १२.८३ प्रतिशतमा सीमित भएको छ।

समीक्षा अवधिसम्ममा लघुवित्तले १ करोड ८९ लाख रुपैयाँ सापटी, १ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा आत्मनिर्भर लघुवित्तको चुक्ता पूँजी ७ करोड ८३ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २३ करोड ९१ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ५३ पैसा पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले प्रतिसेयर घाटा २५ रुपैयाँ ३९ पैसा थियो। यस्तै लघुवित्तको प्रतिसेयर नेटवर्थ ४०५ रुपैयाँ ३१ पैसा पुगेको छ।

ANLB 2 https://bajarkochirfar.com/the-profit-of-aatmanirbhar-laghubitta-which-was-in-loss-last-year-has-increased-significantly-due-to-such | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स