लाभांश पारित गर्न आत्मनिर्भर लघुवित्तको साधारण सभा आज बस्दै, कति दिँदैछ बोनस र नगद ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख ७ गते
लाभांश पारित गर्न आत्मनिर्भर लघुवित्तको साधारण सभा आज बस्दै, कति दिँदैछ बोनस र नगद ?
AdvertisementAds

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आज वैशाख ७ गते सातौँ वार्षिक साधारण सभा आयोजना गरेको छ। सभा घोराही उपमहानगरपालिका–१५, दाङमा बिहान ११ बजे सुरु हुने भएको हो। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसलाई सभाले पारित गर्नेछ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ। लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले चैत २६ गते एक दिनका लागि बुकक्लोज गरेको थियो। यसअनुसार चैत २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स