आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १२ गते
आत्मनिर्भर लघुवित्तको लाभांश घोषणा, बुक क्लोज कहिले ?

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले चैत ११ गते बसेको बैठकमा सातौं वार्षिक साधारण सभा वैशाख ७ गते सोमबार, होटल मालाइन, घोराही–१५, दाङ मा बोलाउने निर्णय गरेको छ। साधारणसभामा हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरिनेछ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा-नोक्सान विवरण र नगद प्रवाह विवरण प्रस्तुत गरी छलफल गरिनेछ। चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने, अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने, र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्तावसमेत पारित गरिनेछ।

साधारणसभा तथा लाभांश वितरणको प्रयोजनार्थ कम्पनीले चैत २६ गते बिहीबार सेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गर्ने निर्णय गरेको छ, जसको आधारमा चैत २५ गतेसम्म नेप्सेमा कारोबारमा कायम रहेका सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स