कास्कीको रुपाकोट रिसोर्टले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

कास्कीको रुपाकोट रिसोर्टले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त
Advertisement Ads

कास्कीको पर्यटकीय गन्तव्य रुपाकोटमा सञ्चालित रुपाकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने तयारी अघि बढाएको छ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो।

रुपाकोट रिसोर्ट र एनआईसी एशिया क्यापिटलबीच यससम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवामार्फत रिसोर्टलाई प्रचलित कानुनबमोजिम आईपीओ निष्कासन गर्ने चरणसम्म आवश्यक परामर्श तथा व्यवस्थापकीय सेवा उपलब्ध गराउनेछ।

कास्कीको रुपा गाउँपालिका–६, मैदानमा कारोबारी कार्यालय रहेको रुपाकोट रिसोर्ट प्राकृतिक सौन्दर्य र आतिथ्य सेवाका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। रिसोर्टबाट हिमशृङ्खलासँगै रुपा र बेगनास तालको दृश्यावलोकन गर्न सकिने कम्पनीले जनाएको छ।

रिसोर्टले पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै उच्चस्तरीय आतिथ्य, प्रकृति अवलोकन तथा विश्रामका लागि गन्तव्य विकास गर्ने उद्देश्य राखेको छ।

रिसोर्टमा आवास, खानपान, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गरिएको छ। पारिवारिक भ्रमण, आन्तरिक तथा विदेशी पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा विशेष समारोहका लागि समेत रिसोर्टलाई लक्षित गरिएको छ।

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवामार्फत कम्पनीहरूलाई प्रारम्भिक चरणदेखि पब्लिक कम्पनीमा रूपान्तरण र आईपीओ निष्काशनसम्म आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको छ।

यद्यपि, रुपाकोट रिसोर्टले आईपीओमार्फत कति कित्ता सेयर निष्काशन गर्ने, निष्काशनको समयतालिका र अन्य वित्तीय विवरण भने सार्वजनिक गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स