मिड सोलु हाइड्रोपावरको ७७ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिँदै

मिड सोलु हाइड्रोपावरको ७७ लाख बढी कित्ता सेयरको लकइन अवधि सकिँदै
Advertisement Ads

मिड सोलु हाइड्रोपावर लिमिटेडका ७७ लाख ६३ हजार १५३ कित्ता सेयरको लकइन अवधि आगामी असोज १० गते सकिँदैछ। लकइन अवधि समाप्त भएपछि यी सेयर कारोबार गर्न सकिनेछ।

लकइनबाट फुकुवा हुने सेयरमा संस्थापक सेयरधनीतर्फको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ८ लाख ६० हजार ६६० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १७ हजार २१३ कित्ता रहेका छन्।

कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई सेयर बाँडफाँड गरेको दिनदेखि संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीतर्फको शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधानअनुसार यी सेयरहरू हालसम्म लकइनमा थिए।

असोज १० गते लकइन अवधि पूरा भएपछि उक्त सेयर कारोबारका लागि योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स