शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। पुस मसान्तसम्म कम्पनीले २५ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २.४८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले २५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
दोश्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क आर्जनमा पनि वृद्धि देखिएको छ। समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले ६३ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा १५.६३ प्रतिशतले बढी हो। त्यस्तै, कम्पनीको कुल आम्दानी ६.०२ प्रतिशतले बढेर १ अर्ब १६ करोड ३३ लाख रुपैयाँ पुगेको छ। खर्च हेर्दा, इन्स्योरेन्सको कुल खर्च ७.९५ प्रतिशतले बढेर ७९ करोड ७८ लाख रुपैयाँ पुगेको छ। यता खुद दाबी भुक्तानी ३८ करोड ३६ लाख रुपैयाँ रहेको छ।
कम्पनीको कर्जा र लगानीबाट आउने आम्दानी १५.५४ प्रतिशतले घटेर १७ करोड रुपैयाँमा सीमित भएको छ।
इन्स्योरेन्सको प्रति सेयर आम्दानी ४७ पैसाले बढेर १९ रुपैयाँ ३९ पैसामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ११ पैसा रहेको छ ।
पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ रहेको छ, भने रिटेन्ड अर्निङ ४० करोड ७ लाख रुपैयाँ र अन्य इक्विटी ६० करोड ८५ लाख रुपैयाँ रहेको छ।



















प्रतिकृया