शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले सो सेयर बिक्रीमा ल्याउन लागेको हो।
कम्पनीले बिक्रीमा राखिने सेयरको संख्या तथा सम्बन्धित सेयरधनीहरूको विवरण भने सार्वजनिक गरेको छैन। प्रचलित नियमअनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र शिखर इन्स्योरेन्सको कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
कम्पनीले तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि निवेदन नआएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ।









![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)




![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)




प्रतिकृया