दुई कम्पनीले आज बुधबार लाभांश घोषणा गरेका छन् । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड र शिखर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेका हुन् ।
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर तथा ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। पुस १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ।
शिखर इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.३१५८ प्रतिशत नगद लाभांश गरी कुल ६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ९२ करोड ३० लाख रुपैयाँ रहेको छ। उक्त लाभांश नियमनकारी निकाय बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।













![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)


![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया