नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ५८ हजार १५६ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बिक्रीमा राखिएका सेयरमध्ये सुवास भट्टराईको ४८ हजार ६५६ कित्ता, माधव प्रसाद अधिकारीको २ हजार कित्ता र श्याम बहादुर गुरुङको ७ हजार ५०० कित्ता रहेको छ।
कम्पनीले प्रचलित व्यवस्था अनुसार पहिलो प्राथमिकता संस्थाकै विद्यमान संस्थापक सेयरधनीहरूलाई दिँदै ३५ दिनको अवधि खुला गरेको थियो। सो अवधिभित्र पनि सेयर बिक्री नभएपछि अब सर्वसाधारणका लागि खुला गरिएको हो।
सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यही वैशाख २२ गतेभित्र काभ्रेपलाञ्चोकको बनेपा–१० स्थित नेशनल लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा बैंकिङ समयभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।












![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)



![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया