शिखर इन्स्योरेन्स लिमिटेडले २१ औँ वार्षिक साधारणसभा पुस २९ गते आयोजना गर्ने भएको छ। शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरमा रहेको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापुँजीको कुल ६.३१५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश समावेश छ।
त्यसैगरी, कम्पनीको नियमावली र प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त हुने निर्देशन वा सुझावअनुसार कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभामा पेस गरिनेछ। सभाले सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको निर्वाचन गर्नेछ। साथै, सर्वसाधारण समूहबाट दिनेश ब्रज बज्राचार्यले राजीनामा दिएपछि आश्मांक कार्कीलाई सञ्चालक नियुक्त गर्ने सम्बन्धी सञ्चालक समितिको निर्णयलाई पनि सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।
लाभांश वितरण तथा साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १४ गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस १३ गतेसम्म कायम सेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।





![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-768x432.jpg)





![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया