कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

कालिका लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने
Advertisement Ads

कालिका लघुवित्त वित्तीय संस्थाले १२ हजार १८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले आफ्ना एक संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो।

कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सूचना जारी गरेको थियो। तोकिएको अवधिमा कुनै पनि लिखित आवेदन नपरेपछि संस्थापक सेयर अन्य इच्छुक व्यक्ति तथा कम्पनीका लागि बिक्रीमा ल्याइएको हो।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा कम्पनीले आवश्यक कागजातसहित पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र लिखित आवेदन दिनुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स