आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको नाम सार्वजनिक गरेको छ। विभागले बिहीबार उपहार घोषणा गरेको हो।
विभागका अनुसार भदौ १ देखि १५ गतेसम्मको बम्पर उपहार लक्ष्मण सुनारले जितेका छन् भने भदौ १५ देखि ३१ गतेसम्मको बम्पर उपहार विवेक बिकेले प्राप्त गरेका छन्। दुवै बम्पर विजेताले १०–१० लाख रुपैयाँ पाउनेछन्।
त्यस्तै, भदौ १ देखि १५ गतेसम्मका अन्य विजेतामध्ये १४ जनाको नाम सार्वजनिक गरिएको छ। उनीहरूले प्रत्येकले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। एक जना विजेता प्रधानमन्त्री राहत कोषमा योगदान गरेको पाइएपछि अयोग्य भएको विभागले जनाएको छ।
विभागका अनुसार करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ बमोजिमको प्रक्रिया पूरा गरेपछि मात्र विजेताले पुरस्कार प्राप्त गर्नेछन्। उपहारको दाबी १५ दिनभित्र गरिसक्नुपर्नेछ।


प्रतिकृया