आईपीओ ल्याउने तयारीमा रहेको स्वस्तिक लघुवित्त नाफामा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १६ गते
आईपीओ ल्याउने तयारीमा रहेको स्वस्तिक लघुवित्त नाफामा

आईपीओ निष्काशनको तयारीमा रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफामा गएको छ। कम्पनीले सो अवधिमा ६८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको हो। गत वर्ष यसै अवधिमा स्वस्तिक लघुवित्तले ७६ लाख ६६ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानी बेहोरेको थियो।

खुद ब्याज आम्दानी बढेसंगै कम्पनी नाफामा फर्किएको हो। गत वर्ष ४३ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवमा २ करोड ७६ लाख रुपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ।

यो पनि पढ्नुहोस्: गार्डियन माइक्रो लाइफको नाफामा उछाल, जीवन बीमाकोष साढे १२ करोड नाघ्यो | BAJARKO CHIRFAR

३ करोड ४६ लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटर्न अर्निङ ५९ लाख ६५ हजार रुपैयाँ र जगेडा कोष २ करोड ५७ लाख रुपैयाँभन्दा बढी छ।

स्वस्तिक लघुवित्तले ८० हजार कित्ता आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा २०८० माघ २४ गते आवेदन दिएको छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स