गुराँस लघुवित्तले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?

गुराँस लघुवित्तले गर्यो लाभांश घोषणा, कति दिँदैछ बोनस र नगद ?
Advertisement Ads

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

संस्थाको २०८३ असोज २ गते बसेको सञ्चालक समितिको १६८औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश आगामी साधारण सभाबाट पारित भएपछि वितरणका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेस गर्ने निर्णय भएको संस्थाले जनाएको छ।

संस्थाको हाल कायम चुक्ता पुँजी रु. १३ करोड २३ लाख ५८ हजार ५३.७५ रहेको छ। सो चुक्ता पुँजीको ९.५ प्रतिशतका दरले रु. १ करोड २५ लाख ७४ हजार १५.११ बराबरको बोनस सेयर प्रस्ताव गरिएको छ।

त्यस्तै, कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.५ प्रतिशतले हुने रु. ६ लाख ६१ हजार ७९०.२७ बराबरको नगद लाभांश प्रस्ताव गरिएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण हुनेछ।

Screenshot 18 9 2026 1050 www.nepalstock.com https://bajarkochirfar.com/gurans-microfinance-announces-dividend-how-much-bonus-and-cash-is-it-giving | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स