गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, लघुवित्तको खुद नाफा ७२.१५ प्रतिशतले बढेर २ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी र सञ्चालन मुनाफा बढेका कारण लघुवित्तको नाफा बढ्न पुगेको हो।
दोस्रो त्रैमाससम्ममा गुराँस लघुवित्तको खुद ब्याज आम्दानी ५५.१८ प्रतिशतले बढेर ८ करोड ७६ लाख पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ६३.१० प्रतिशतले बढेर ६ लाख १० हजार पुगेको छ। यस्तै, कुल सञ्चालन आम्दानी ३६.१५ प्रतिशतले बढेर ९ करोड ७१ लाख पुगेको छ भने सञ्चालन मुनाफा ६७.७७ प्रतिशतले बढेर ३ करोड ५ लाख पुगेको छ। समीक्षा अवधिमा लघुवित्तको इम्पेयरमेन्ट चार्ज २६ लाख ४८ हजार रुपैयाँ रहेको छ।
लघुवित्तको खराब कर्जा अनुपात ०.३५ प्रतिशतबिन्दुले बढेर ३.१३ प्रतिशत पुगेको छ।
समीक्षा अवधिमा लघुवित्तले १ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ निक्षेप तथा सापटी संकलन गरी २ अर्ब १० करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
दोस्रो त्रैमासको अन्त्यसम्म लघुवित्तको वितरणयोग्य नाफा १ करोड ९५ लाख रुपैयाँ रहेको छ जुन आधारमा सेयरधनीलाई लाभांश बाँड्न सक्ने क्षमता २९.४८ प्रतिशत रहेको छ।
लघुवित्तको चुक्ता पूँजी १३ करोड २३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ करोड ८५ लाख रुपैयाँ सञ्चित रहेको छ। लघुवित्तको प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसाले बढेर ४० रुपैयाँ २२ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ।
पुस मसान्तसम्म लघुवित्तको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४७.९८ गुणा रहेको छ।

ब्याज आम्दानी घटे पनि किन बढ्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा ?











![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)




![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया