लाभांश पारित गर्न गुराँस लघुवित्तको साधारणसभा आज बस्दै, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २३ गते
लाभांश पारित गर्न गुराँस लघुवित्तको साधारणसभा आज बस्दै, कति दिँदैछ लाभांश ?

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १०औँ वार्षिक साधारण सभा आज कात्तिक २३ गते (शनिबार) धनकुटाको धनकुटा–१, हिलेस्थित हिले कान्जिरोवा मकालु होटलमा आयोजना गर्दैछ। सभा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ करोड ५८ लाख ४९ हजार ५०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ, जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेका छन्। बोनस सेयर वितरणपछि संस्थाको चुक्तापुँजी वृद्धि हुने भएकाले सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

साथै, आवश्यक परेमा नियामक निकायको निर्देशनअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गरिनेछ। सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्नेछ भने गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश वितरण र सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते बुक क्लोज गरेको छ, जसअनुसार सो मितिभन्दा अघिसम्म कायम रहेका सेयरधनीहरू मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स