सिटी होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १० करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनी ११ करोड ७९ लाख रुपैयाँ घाटामा रहेको थियो, जसअनुसार होटलले आफ्नो नोक्सानी केही कम गर्न सफल भएको देखिन्छ।
वित्तीय खर्चमा आएको कमीले घाटा घटाउन सहयोग गरे पनि आम्दानी भने अघिल्लो वर्षको तुलनामा झन् घटेको छ। होटलको वित्तीय खर्च १७ करोड ४८ लाख रुपैयाँबाट घटेर १४ करोड २८ लाख रुपैयाँमा आएको छ, जसले नोक्सानीलाई केही सीमित गर्न सहयोग गरेको छ। तर, होटलको सञ्चालन आम्दानी २४ करोड ३० लाख रुपैयाँबाट घटेर २३ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ।
कुल आम्दानी पनि अघिल्लो वर्षको २७ करोड ८५ लाख रुपैयाँबाट घटेर २५ करोड ७१ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २७ पैसा ऋणात्मक प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ २० पैसा रहेको छ।





















प्रतिकृया