सरकारले अर्थ मन्त्रालयमा तीन सहसचिव सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नारायणप्रसाद रिसाल, गोकुल बास्तोला र बन्धुप्रसाद बास्तोलालाई अर्थ मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।
रिसाल यसअघि कोशी प्रदेशको प्रदेश सचिवका रूपमा कार्यरत थिए। उनी यसअघि अर्थ मन्त्रालयमा समेत काम गरिसकेका छन्।
गोकुल बास्तोला लोक सेवा आयोगको धनकुटा कार्यालय प्रमुखका रूपमा कार्यरत थिए। उनले यसअघि अर्थ मन्त्रालयअन्तर्गतको कोष तथा लेखा नियन्त्रक कार्यालयमा काम गरिसकेका छन्।
त्यस्तै, बन्धुप्रसाद बास्तोला यसअघि लुम्बिनी प्रदेशका अर्थ सचिव थिए। उनी विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा समेत काम गरिसकेका छन्।

प्रतिकृया