सर्वसाधारणको स्वामित्व ८% बाट २५% पुर्याउने तयारीमा रहेको नेपाल टेलिकमको नाफा ३३ प्रतिशतले घट्यो

सर्वसाधारणको स्वामित्व ८% बाट २५% पुर्याउने तयारीमा रहेको नेपाल टेलिकमको नाफा ३३ प्रतिशतले घट्यो

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा ३२.९७ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ करोड रुपैयाँमा सीमित भएको छ। यस्तै, कम्पनीको वित्तीय आम्दानीमा ३६.३० प्रतिशतको गिरावट आएको छ। कम्पनीको कुल आम्दानी ८.४० प्रतिशतले घटेको छ। अन्य श्रोतहरूबाट हुने आम्दानी भने २१ करोडबाट बढेर ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ।

नाफामा आएको गिरावटले प्रतिसेयर आम्दानी पनि घट्न पुगेको छ। अघिल्लो वर्ष ४३ रुपैयाँ ६८ पैसा रहेको प्रतिसेयर आम्दानी अहिले १४ रुपैयाँ ४० पैसाले घटेर २९ रुपैयाँ २८ पैसामा झरेको छ। यता प्रतिसेयर नेटवर्थ भने ५०६ रुपैयाँ ३४ पैसा कायम भएको छ।

हाल नेपाल टेलिकमको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स