प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा २५.७४ प्रतिशतले बढ्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २६ गते
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा २५.७४ प्रतिशतले बढ्यो

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.७४ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा १० करोड ३ लाख रुपैयाँ थियो।

खुद बीमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानीमा सुधार आएसँगै कम्पनीको नाफा बढेको हो। समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ४.१८ प्रतिशतले बढेर १ अर्ब १७ करोड २९ लाख रुपैयाँ पुगेको छ। यस्तै, लगानी र कर्जाबाट हुने आम्दानी १२.८६ प्रतिशतले बढेर ३० करोड ४४ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ८.२३ प्रतिशतले वृद्धि भई ११ अर्ब १३ करोड ३४ लाख रुपैयाँ पुगेको छ। असोज मसान्तसम्म कम्पनीले ३२ करोड ३५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ।

प्रभु महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ  छ। कम्पनीको प्रतिशेयर आम्दानी (EPS) १० रुपैयाँ ६९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ३४ पैसा छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स