प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, केके छन् प्रस्तावहरु ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा, केके छन् प्रस्तावहरु ?
Advertisement Ads

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १९ गते बिहीबार बिहान ९ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सभा गर्ने निर्णय गरेको हो।

उक्त सभामा संस्थापक समूहको १० प्रतिशत सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन, थपघट वा भाषिक परिमार्जन गर्न निर्देशन आएमा सो कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरिने कम्पनीले जनाएको छ।

सभा प्रयोजनका लागि कम्पनीले चैत १२ गते बूक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार चैत ११ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन पाउनेछन्।

download https://bajarkochirfar.com/prabhu-mahalaxmi-life-insurance-has-called-a-special-general-meeting-what-are-the-proposals | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स