सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७७ लाखभन्दा बढी कित्ता सेयरको लकइन सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण १४ गते
सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ७७ लाखभन्दा बढी कित्ता सेयरको लकइन सकिँदै
AdvertisementAds

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता सेयरको लकइन अवधि आगामी भदौ १४ गते समाप्त हुने भएको छ।

कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएका बोनस तथा हकप्रद सेयरसहित कुल ५ करोड २८ लाख २७ हजार ९३६ कित्ता सेयरमध्ये ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता सेयर हाल लकइनमा रहेका छन्।

लकइन अवधि सकिन लागेका सेयरमध्ये संस्थापक सेयरधनीहरूको ३ करोड ६९ लाख ७९ हजार ५५५ कित्ता तथा कर्मचारीलाई बाँडफाँड गरिएको ७ लाख ९२ हजार ४६९ कित्ता सेयर रहेका छन्। यी सेयर विगत तीन वर्षदेखि लकइनमा थिए।

लकइन अवधि समाप्त भएपछि भदौ १५ गतेदेखि उक्त सेयर नियमित रूपमा कारोबार गर्न सकिने कम्पनीले जनाएको छ। यद्यपि, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको सेयर भने प्रचलित नियमअनुसार रोक्का नै रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स