instainsta

लाभांश पारित गर्दै सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न

लाभांश पारित गर्दै सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न
AdvertisementAds

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौँ तथा नवौँ वार्षिक साधारण सभा आज अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौंमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष श्री अनुज क्यालको अध्यक्षतामा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचिहरू पारित गरेको छ।

साधारण सभामा लेखापरीक्षकको नियुक्ति अनुमोदन भएको छ भने कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रु. ५,०३१,२३२,००० (अक्षरुपी: पाँच अर्ब तीन करोड बाह्र लाख बत्तिस हजार मात्र) को ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनार्थ सहित) गरी कुल २०.२६३२ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ।

साधारण सभामा सञ्चालक किरण के.सी.ले धन्यवाद ज्ञापन गरेका छन् भने सभा कम्पनी सचिव श्री बिनोद शर्मा पौडेलले सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स