तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार पुस् १३ गते अन्तिम दिन रहेको छ। सिनर्जी पावर डेभलपमेन्ट, सन नेपाल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सले लाभांश र साधारण सभा प्रयोजनार्थ पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, पुस १३ गतेसम्म कायम सेयरधनीहरूले मात्र लाभांश पाउने र सभा सहभागी हुन योग्य हुनेछन्।
सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले आफ्नो १९औँ वार्षिक साधारण सभा पुस २८ गते बोलाएको छ। सभा बिहान ११ बजे आम्रपाली ब्यांक्वेटमा, भाटभटेनी, काठमाडौंमा आयोजना हुनेछ।
सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत बोनस सेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) गरि कुल २०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले आफ्नो आठौं र नवौं वार्षिक साधारण सभा पुस २५ गते बोलाएको छ। सभा बिहान १०:३० बजे अमृतभोग केटरर्स प्रा.लि., कालिकास्थान, काठमाडौंमा आयोजना हुनेछ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ६.३१५८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। उक्त लाभांश पारित गर्न कम्पनीले आफ्नो ७७औँ वार्षिक साधारण सभा पुस २९ गते बोलाएको छ। सभा बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा आयोजना हुनेछ।















प्रतिकृया