नेपाल इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँड सम्पन्न, कटअफ प्राइस कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २३ गते
नेपाल इन्स्योरेन्सको लिलामी सेयर बाँडफाँड सम्पन्न, कटअफ प्राइस कति ?

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर लिलाममार्फत निष्काशन गरी बाँडफाँड गरेको छ।

कम्पनीले यसअघि जेठ २९ गतेसम्म कायम सेयरधनीहरूका लागि साउन ६ गतेदेखि भदौ २ गतेसम्म हकप्रद सेयर निष्काशन गरेको थियो। तर, सो अवधिपछि संस्थापक समूहतर्फ ४ हजार ४६८.७६ कित्ता र सर्वसाधारण समूहतर्फ १ लाख ९२ हजार ५७४ कित्ता सेयर बाँकी रहेको थियो।

यी बाँकी सेयरहरू बिक्रीका लागि कम्पनीले भदौ २७ गतेदेखि असोज ८ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र (लिलाम) आह्वान गरेको थियो। प्राप्त बोलपत्रहरू असोज ९ गते खोलेर आवश्यक प्रक्रिया पूरा गरी असोज २२ गते बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

बाँडफाँडमा संस्थापक समूहको सेयरको कटअफ मूल्य १२६ रुपैयाँ र सर्वसाधारण समूहको सेयरको कटअफ मूल्य ५०३.४३ रुपैयाँ कायम भएको छ। बाँडफाँडमा नपरेका लगानीकर्ताको रकम आज (असोज २३ गते) देखि फिर्ता गर्न थालिएको कम्पनीले जनाएको छ।

उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स