नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ २७ देखि बिक्रीमा ल्याएको लिलामी सेयरमा बोलपत्र पेस गर्ने अन्तिम मिति भोलि (असोज ०८) गते तोकिएको छ।
कम्पनीले हकप्रद सेयर निष्काशनपछि बाँडफाँड गर्दा संस्थापक समूहतर्फ ४,४६८.७६ कित्ता र सर्वसाधारणतर्फ १,९२,५७४ कित्ता सेयर बाँकी रहेको थियो। सोही सेयर कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरमा लिलामी प्रक्रियामार्फत बिक्री खुला गरेको हो।
पहिले असोज ५ गतेसम्म बोलपत्र पेश गर्ने समय तोकिएकोमा, परिस्थितिलाई मध्यनजर गर्दै ३ दिन थपिएको कम्पनीले जनाएको छ।
लिलामीमा भाग लिन संस्थापकतर्फ कम्तीमा १,००० कित्ता र सर्वसाधारणतर्फ कम्तीमा १०० कित्ता माग गर्नुपर्नेछ, भने बढीमा सम्पूर्ण बाँकी सेयर माग गर्न सकिने व्यवस्था गरिएको छ।
यस लिलामीमा संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति तथा संघ–संस्था सबै इच्छुकले सहभागी हुन सक्नेछन्। धितोपत्र निष्काशन तथा बाँडफाँडको कार्य एनआईएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया