भारतको उत्तराखण्डलाई केन्द्रबिन्दु बनाएर ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। मंगलबार राति १०ः३८ बजे गएको भूकम्पको धक्का नेपालको सुदूरपश्चिम क्षेत्रमा समेत महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु नेपालको दार्चुलाबाट करिब १०० किलोमिटर पश्चिममा रहेको उत्तराखण्ड आसपासमा रहेको थियो। भूकम्पपछि सुदूरपश्चिमका विभिन्न क्षेत्रमा धक्का महसुस गरिएको जनाइएको छ।

प्रतिकृया