यस वर्षको बडादसैँको टीकाको साइत कति बजे ?

यस वर्षको बडादसैँको टीकाको साइत कति बजे ?
Advertisement Ads

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादसैँका शुभ साइत तथा तिथिहरू सार्वजनिक गरेको छ। समितिका अनुसार विजयादशमी अर्थात् बडादसैँको टीकाको उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे रहेको छ। टीका थाप्दा मानिस पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ।

घटस्थापनाको साइत असोज २५ गते आइतबार बिहान ११:४७ बजेका लागि तय गरिएको छ। यस्तै, झण्डा फेर्ने साइत असोज २६ गते बिहान १०:०७ बजे रहेको छ। झण्डा फेर्दा पश्चिम मोहडा गर्नुपर्नेछ।

फूलपाती तथा तुलजा भवानी यात्रा असोज ३१ गते शनिबार हुनेछ। तुलजा भवानी यात्राको साइत बिहान ७:३७ बजे र स्थिरासनको साइत बिहान १०:३९ बजे रहेको समितिले जनाएको छ।

महाअष्टमी तथा कालरात्रि कात्तिक १ गते आइतबार परेको छ। यसपटक कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि रहेको छ। कात्तिक ३ गते मंगलबार महानवमी मनाइनेछ।

विजयादशमीका दिन कात्तिक ४ गते बुधबार नवदुर्गा देवी विसर्जनको साइत बिहान ८:४९ बजे रहेको छ।

Advertisement Ads

यस्तै, कात्तिक ८ गते आइतबार कोजाग्रत पूर्णिमा तथा दसैँ समापन हुनेछ। सो दिन बलिपूर्ति तथा महालक्ष्मी पूजा गरिनेछ भने कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा मनाइने समितिले जनाएको छ।

Screenshot 7 10 2026 73414 giwmscdnone.gov .np https://bajarkochirfar.com/what-time-is-the-tika-ceremony-for-this-years-dashain | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स