नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीको खातामा बोनस सेयर जम्मा गर्यो

बजारको चिरफार
बजारको चिरफार
२०८३ श्रावण २१ गते
नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीको खातामा बोनस सेयर जम्मा गर्यो
AdvertisementAds

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले योग्य सेयरधनीको हितग्राही (डिम्याट) खातामा ५ प्रतिशत बोनस सेयर जम्मा गरेको छ।

कम्पनीका अनुसार २०८२ पुस १९ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर २०८२ पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीको डिम्याट खातामा दाखिला गरिएको हो।

धितोमा रहेका सेयरको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममा रोक्का जनाएर बोनस सेयर जम्मा गरिएको कम्पनीले जनाएको छ। कर्जा राफसाफ गरिसकेका सेयरधनीलाई सम्बन्धित बैंक वा वित्तीय संस्थामा सम्पर्क गरी बोनस सेयर फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स