एनएलजी इन्स्योरेन्सको हकप्रद मंसिर ११ देखि बिक्री गर्ने, कहिले सम्म सेयरधनी बने हकप्रद भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २१ गते
एनएलजी इन्स्योरेन्सको हकप्रद मंसिर ११ देखि बिक्री गर्ने, कहिले सम्म सेयरधनी बने हकप्रद भर्न पाइने ?

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि हकप्रद सेयर  खुला गर्ने भएको छ । कम्पनीले १०ः६.२५६ को अनुपातमा शेयरधनीहरूका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर  जारी गर्न लागेको हो ।

हकप्रद निष्काशन प्रयोजनार्थ कात्तिक २७ गते कम्पनीले बुक क्लोज गर्ने भएकाले कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै कम्पनीको हकप्रद सेयर किन्न पाउनेछन। हकप्रद सेयर निष्काशन पुस १ गते बैंकिङ्ग समयपछि बन्द हुने कम्पनीले जनाएको छ ।इच्छुक लगानीकर्ताले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराईज लिमिटेड, एनएजली इन्स्योरेन्सका केन्द्रीय तथा विभिन्न क्षेत्रिय कार्यालयहरू, लक्ष्मी सनराइज बैंकका तोकिएका शाखा कार्यालय र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आवेदन दिन सकिनेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ छ भने हकप्रद शेयर बाँडफाँड पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स