पुस मसान्तभित्र सभा गर्न सकिएन भन्दै आइएमई लाइफले नेप्सेमा पठायो पत्र

पुस मसान्तभित्र सभा गर्न सकिएन भन्दै आइएमई लाइफले नेप्सेमा पठायो पत्र
Advertisement Ads

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तभित्र सभा गर्न नसकिएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाएको छ।

कम्पनीले आर्थिक वर्ष २०८०।८१ को वार्षिक वित्तीय विवरणको लेखापरीक्षण गर्ने कार्य बाह्य लेखापरीक्षकबाट सम्पन्न भई अन्तिम स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गर्ने काम भइरहेकाले सभा गर्न सकिएन भन्दै जानकारी दिएको छ।

कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको वार्षिक साधारणसभा आर्थिक वर्ष समाप्त भएको मितिले ६ महीनाभित्र सम्पन्न गरिसक्नु पर्ने प्रावधान छ। यस प्रावधान अनुसार पुस मसान्तसम्म सभा सम्पन्न गर्नुपर्ने हुन्छ। आइएमई लाइफले नेपाल बीमा प्राधिकरणबाट प्रतिवेदन स्वीकृत हुने बित्तिकै सभा आयोजना गर्ने जनाएको छ।

Screenshot 13 1 2025 125844 nepalstock.com https://bajarkochirfar.com/ime-life-sent-a-letter-to-nepse-stating-that-the-meeting-could-not-be-held-within-the-end-of-poush | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स