instainsta

लाभांश पारित गर्दै आइएमई लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न

लाभांश पारित गर्दै आइएमई लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न
AdvertisementAds

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ। सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२६३२ प्रतिशत नगद लाभांश (कर सहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यसका साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणसहितका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ। चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि सभाबाट स्वीकृत भएको छ।

त्यसैगरी संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत भएका खर्चहरू अनुमोदन गर्नुका साथै नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा त्यसअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित भएको छ।

वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ११ गते एक दिनका लागि सेयरधनी दर्ता किताब (बुक क्लोज) बन्द गरेको थियो। यसअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस १० गतेसम्म सेयर खरिद गरेका सेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स