लाभांश सहित अन्य प्रस्ताव पारित गर्न ६ कम्पनीको वार्षिक साधारणसभा आज बस्दैछ। आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, एनएमबी बैंक, खानी खोला हाइड्रोपावर, श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको साधारणस आज बस्ने भएको हो ।
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्नो २८ औ वार्षिक साधारणसभा आम्रपालि बैरैट, भाटभटेनी, नक्साल, काठमाडौमा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजी ५ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको बासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। साथै, सञ्चालक नियुक्तिको अनुमोदन, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुनेछ। लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, पुस १५ गतेसम्म कायम सेयरधनीहरू मात्र उक्त सभामा सहभागी हुन र लाभांश पाउन सक्नेछन्।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ९औँ वार्षिक साधारणसभा शुभ इभेन्ट्स, बौद्धस्वारी, काठमाडौंमा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १०.१७८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको बासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण (पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।
साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, तथा सञ्चालक समितिमा रिक्त स्वतन्त्र सञ्चालक नियुक्तिको अनुमोदन गर्ने प्रस्ताव पनि सभामा समावेश छन्। लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ।जस अनुसार, पुस १० गतेसम्म कायम सेयरधनीहरू मात्र उक्त सभामा सहभागी हुन र लाभांश पाउन सक्नेछन्।
आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो ९औ वार्षिक साधारणसभा दियो महल, धुम्बाराही, काठमाडौमा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजी १०.५२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको बासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ११ गते बुक क्लोज गरिसकेको छ।जस अनुसार, पुस ९ गतेसम्म कायम सेयरधनीहरू मात्र उक्त सभामा सहभागी हुन र लाभांश पाउन सक्नेछन्।
एनएमबी बैंक लिमिटेडले आफ्नो ३०औँ वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सहायक कम्पनीसहितको एकीकृत वित्तीय विवरण पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ ।लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस ०९ गते बुक क्लोज गरिसकेको छ।जस अनुसार, पुस ०८ गतेसम्म कायम सेयरधनीहरू मात्र उक्त सभामा सहभागी हुन र लाभांश पाउन सक्नेछन्।
खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १३औँ वार्षिक साधारणसभा धुम्र बाराह भेन्यु, धुम्बाराही, काठमाडौमा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको बासलात तथा नाफा–नोक्सान हिसाब पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ।साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरिसकेको छ।जस अनुसार, पुस २० गतेसम्म कायम सेयरधनीहरू मात्र उक्त सभामा सहभागी हुन सक्नेछन्।
श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आफ्नो ३औँ वार्षिक साधारणसभा क्लब डे नोभो प्रा.लि.को सभाकक्ष, कालिकानगर, बुटवलमा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको बासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव प्रस्तुत हुनेछ।
साधारण सभा प्रयोजनका लागि पौष ७ गतेदेखि पौष २४ गतेसम्म सेयर कारोबार बन्द बुक क्लोज गरिनेछ।जस अनुसार, पुस ०६ गतेसम्म कायम सेयरधनीहरू मात्र उक्त सभामा सहभागी हुन सक्नेछन्।








![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया