लगातार पाँच कम्पनीले गरे लाभांश घोषणा, कसले कति दिने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २५ गते
AdvertisementAds
लगातार पाँच कम्पनीले गरे लाभांश घोषणा, कसले कति दिने ?
AdvertisementAds

लगातार पाँच कम्पनीले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका छन्। तीमध्ये तीन इन्स्योरेन्स र दुई लघुवित्त कम्पनी रहेका छन्। डिप्रोक्स लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सले हिजो २४ गते र  सिटिजन लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आज २५ गते लाभांश घोषणा  लाभांश घोषणा गरेका हुन्।

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले यस वर्ष २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट २० प्रतिशत लाभांश (करसहित) दिने प्रस्ताव गरेको हो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्ष सेयरधनीहरुलाई २१.०५  लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको हो।

आइजीआई प्रुडेन्सियलले यस वर्ष सेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो।

AdvertisementAds

फर्स्टमाइक्रोफाइनान्सले यस वर्ष सेयरधनीहरुलाई ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स