आइएमई लाइफ इन्स्योरेन्सको २ करोड ८६ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २६ गते
आइएमई लाइफ इन्स्योरेन्सको २ करोड ८६ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक तथा कर्मचारी समूहअन्तर्गतको कुल २ करोड ८६ लाख कित्ता सेयरको लकइन अवधि आगामी असार ३० गतेदेखि समाप्त हुने भएको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार हाल संस्थापक सेयरधनीको २ करोड ८० लाख कित्ता र कर्मचारीको ६ लाख कित्ता सेयर लकइनमा रहेका छन्। यी सेयरको लकइन अवधि असार ३० गतेबाट सकिन लागेको हो।

नियामकीय व्यवस्थाअनुसार कुनै पनि कम्पनीको आईपीओ बाँडफाँड भएको मितिबाट तीन वर्षसम्म संस्थापक र कर्मचारीको सेयर लकइनमा राख्नुपर्ने प्रावधान छ। सोही व्यवस्थाअनुसार आइएमई लाइफको उक्त शेयर पनि हालसम्म लकइनमा रहेको थियो। तर, लकइन अवधि समाप्त भए पनि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको नाममा रहेको सेयर भने यथावत् रोक्का रहने कम्पनीले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स