आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड ८६ लाख कित्ता सेयरको ‘लक इन’ अवधि आजदेखि समाप्त हुने भएको छ।
लक इन अवधि समाप्त भएसँगै संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको २ करोड ८० लाख कित्ता र कर्मचारीहरूलाई बाँडफाँड गरिएको ६ लाख कित्ता सेयर कारोबारका लागि खुला भएको हो।
धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड कित्ता सेयर दर्ता रहेको छ। यद्यपि, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको स्वामित्वमा रहेको सेयर भने प्रचलित नियमअनुसार अझै रोक्कामै रहने कम्पनीले जनाएको छ।




















![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-150x150.jpg)
प्रतिकृया