दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आगामी भदौ १४ गते वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीको साउन २२ गते बसेको सञ्चालक समिति बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो।
सभा भदौ १४ गते आइतबार बिहान ९ बजे काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्ट एन्ड बैंक्वेटमा हुनेछ।
सभामा सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पेस हुनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायबाट संशोधनसम्बन्धी निर्देशन आएमा सोहीअनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छलफल गरिनेछ।
त्यस्तै, आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा आर्थिक विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ।
सभामा आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न काम, चालु आर्थिक वर्षमा प्रस्तावित कार्यक्रम, कम्पनीका आगामी योजना तथा अन्य विविध विषयमा समेत छलफल हुने जनाइएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।










![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-768x432.jpg)





![बाढीले कुन क्षेत्रको Hydropower मा धेरै क्षति पुर्याउने सम्भावना छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/pDpqzAC-erY-maxresdefault-150x150.jpg)



प्रतिकृया