नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज कार्तिक १९ गते बुधबार दरमखोला हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सूचीकृत भएको छ।
कम्पनीको कुल १ करोड ३ लाख ५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।
नेप्सेले पहिलो कारोबारका लागि दरमखोला हाइड्रो इनर्जी लिमिटेडलाई न्यूनतम १४२ रुपैयाँ ८१ पैसा र अधिकतम ४२८ रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जको आधारमा भोलि बिहिबार स्पेशल प्रि-ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार हुनेछ। त्यसपछि नियमित दोस्रो बजारमा सेयर कारोबार सुरु हुनेछ। कम्पनीको सिम्बोल डीएचईएल (DHEL) रहेको छ।


















प्रतिकृया