निफ्राको साधारणसभा पुस ४ गते बस्ने, यस्ता छन् प्रस्ताव

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ११ गते
निफ्राको साधारणसभा पुस ४ गते बस्ने, यस्ता छन् प्रस्ताव

नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले छैटौं वार्षिक साधारणसभा पुस ४ गते बिहिबार बोलाएको छ। बैंकको मंसिर ९ गते बसेको सञ्चालक समितिको बैठकले बबरमहल हाइटस्थित कार्की ब्याङ्केटमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । सभामा गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन लगायत अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गरिनुका साथै चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुनेछ।

साथै, बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्। कम्पनीले यसपटक भने लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । तसर्थ, यो पटक सेयरधनीको हात खाली हुनेछ ।

सभा प्रयोजनार्थ बैंकले मंसिर २१ गते एक दिन बुक क्लोज गर्नेछ। यसर्थ मंसिर २० गतेसम्म कायम सेयरधनी सभामा भाग लिन योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स